मलेसिया एयरलाइन्सको एमएच थ्री सेभन जेरो जाहाजको पुनः खोजि हुने
- काठमाडौंमलेसियाली सरकारले झण्डै १० वर्ष अघि बेपत्ता भएको मलेसिया एयरलाइन्सको एम.एच. थ्री.सेभन.जेरो जाहाजको पुनः खोजि गर्ने भएको छ ।
दक्षिणी हिन्द महासागरमा नयाँ क्षेत्रमा सो विमानको खोजि हुने भएको हो । हवाई क्षेत्रमा रहस्यको केन्द्रमा रहेको सो विमानको खोजिका लागि अमेरिकी कम्पनीसँग सैद्धान्तीक सहमति भएको मलेसियाका यातायातमन्त्री एन्थोनी लोकलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।
सन् २०१४ मार्च ८ मा क्वालालम्पुरबाट चीनको बेइजिङका लागि २ सय २७ जना यात्रु र १२ जना चालक दलका सदस्य सहित उडेको सो विमान बेपत्ता भएको थियो । अमेरिकी कम्पनी ओशन इन्फिनिटीले सो विमानको खोजिका लागि नयाँ ठोस प्रस्ताव ल्याएसँगै सहमति भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।
विमानमा रहेका यात्रु र चालक दलका सदस्य र तीनका आफ्न्त प्रति मलेसिया सरकार जिम्मेवार रहेको बताउँदै यसपटकको खोजि सकारात्मक हुने यातायात मन्त्रीको भनाई छ ।
विमान बेपत्ता भएसँगै आफन्तले मलेसिया एयरलाइन्स, निमार्ण कम्पनी बोइङ, विमान इन्जिन निर्माता लगायतसँग क्षतिपूर्तिको माग गर्दै आएका थिए । बेपत्ता विमानको यसअघि पनि खोजी भएको थियो ।