म्यानमारको विद्रोही सेनाद्वारा पश्चिमी क्षेत्रस्थित सैन्य मुख्यालय कब्जा
- काठमाडौंसैन्य शासन रहेको म्यानमारमा त्यहाँको विद्रोही सेनाले पश्चिमी क्षेत्रस्थित सैन्य मुख्यालय कब्जा गरेको दाबी गरेको छ ।
म्यानमारमा अरकान भनिने विद्रोही सेनाले कब्जा गरेको सो क्षेत्र जुन्ता भनिने म्यानमारको सेनाको दोस्रो क्षेत्रीय कमाण्ड हो ।
बंगलादेशको सिमानामा रहेको राखिन राज्यस्थित पश्चिमी सैन्य मुख्यालयमा दुई हप्ताको तीव्र आक्रमणपछि विद्रोही अरकान सेनाले आफ्नो कब्जामा लिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
सो घटनासँगै जुन्ता सरकारको पतन सुरुवात भएको बताइएको छ । जुन्ता सरकारले त्यहाँ अहिले देशव्यापी सशस्त्र विद्रोही समूहको सामना गरिरहेको छ ।
सेनाले निर्वाचित नागरिक सरकारलाई हटाएपछि म्यानमारमा सन् २०२१ को सुरुवात देखि नै राजनीतिक उथलपुथल सुरु भएको थियो । जुन्ता सरकार विरुद्ध त्यहाँका नागरिकले विरोध जारी राखेका छन् ।