दक्षिण कोरियाका कार्यवहाक राष्ट्रपति हानमाथि समेत महाअभियोग प्रस्ताव
- काठमाडौंदक्षिण कोरियामा कार्यवहाक राष्ट्रपति हान डक सू माथि विपक्षी दलका सांसदले महाअभियोग लगाउने प्रस्ताव पेश गरेका छन् ।
राष्ट्रपति यून सुक योललाई महाअभियोग लगाएर पदच्यूत गरेको दुई साता नबित्दै कार्यवहाक राष्ट्रपति हानमाथि विपक्षी दलका सांसदले महाअभियोग लगाउने प्रस्ताव पेश गरेका हुन् ।
राष्ट्रपति हानले प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टीले सिफारिस गरेको संवैधानिक अदालतका न्यायाधिशहरु नियुक्त गर्न अस्वीकार गरेपछि सो महाअभियोगको प्रस्ताव पेश गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । विपक्षी दलले निवर्तमान राष्ट्रपति यूनलाई डिसेम्बर ३ मा हानले दक्षिण कोरियामा सैन्य कानुन लगाउने प्रयासमा सहयोग गरेको समेत आरोप लगाएका छन् ।
यसअघि, हानले भने सो घटना रोक्न नसकेकोमा माफी माग्नुभएको थियो । हानमाथि लगाइएको महाअभियोग प्रस्तावमा आगामी २४ देखि ७२ घण्टाभित्र मतदान हुने बताइएको छ ।
महाअभियोग प्रस्ताव पारित हुन ३ सय सांसदमा १ सय ५१ ले मतदान गर्नुपर्ने व्यवस्था छ । डेमोक्रेटिक पार्टीले संसदमा १ सय ७० सिट ओगटेको छ भने विपक्षी दलहरुले भने १ सय ९२ सिट ओगटेका छन् ।