अन्तर्राष्ट्रिय

पूर्वप्रधानमन्त्री खान सर्मथित नागरिक पक्राउ पर्ने क्रम जारी

- केएफएम डेस्ककाठमाडौं

अन्तराष्ट्रिय आलोचनाका बाबजुद पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खान सर्मथित नागरिकहरु पक्राउ पर्ने क्रम रोकिएको छैन । पाकिस्तानमा गत वर्ष भएको भड्किएको हिंसामा संलग्न रहेको भन्दै ६० जनालाई त्यहांको शैनिक अदालतले २ देखि १० वर्षको जेल सजाय तोकेको छ ।

पूर्वप्रधानमन्त्री खानलाई पक्राउ गर्ने क्रममा सैन्य परिषरमा आक्रमण गरेको विषयमा दोषी पाइएको भन्दै उनीहरुलाई जेल चलान गरिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

सजाय पाउनेमा खानका आफन्त लगायत २ जना अवकास प्राप्त सैनिक समेत रहेका छन । 

यस अघि २५ जना नागरिकलाई सोही प्रकृतिको सजाय सुनाइएको थियो । सैनिक अदालतको सो कदमको अमेरिका लगायतका पश्चिमा मुलुकले विरोध गर्दै आएका छन् ।

खानलाई पक्राउ गर्ने क्रममा गतवर्ष उहांका समर्थकहरुले देशव्यापी प्रर्दशन चर्किएको थियो । सो क्रममा हिंसा भड्किँदा ८ जनाको मृत्यु भएको थियो ।