अन्तर्राष्ट्रिय

इजरायलले गाजामा गरेको पछिल्लो आक्रमणमा ७० जना बढीको मृत्यु

- एजेन्सीकाठमाडौं

इजरायलले गाजाका विभिन्न क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा ७० जना भन्दा बढीको मृत्यु भएको छ । गाजाका स्वास्थ्य अधिकारीहरुले युद्धविरामका लागि वार्ता हुनै लाग्दा इजरायलले अस्पताल लक्षित आक्रमण गरेको बताएका छन् ।

इजरायलको सुरक्षा फौजले गाजास्थित एक अस्पतालका प्रमुखलाई नजरबन्दमा राखेको समेत बताइएको छ । एम्नेस्टी इन्टरनेसनलले इजरायली कदमप्रति आपत्ति जनाएको छ ।

उसले इजरायली कदमलाई गाजाको स्वास्थ्य सेवा क्षेत्रलाई ‘विनाश’ गर्ने प्रयासका रुपमा व्याख्या गरेको छ । पछिल्लो समय इजरायली सेनाले गाजाको विभिन्न क्षेत्रमा रहेका अस्पतालमा आक्रमण गरिरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबीच गाजा क्षेत्रमा युद्धविरामकालागि मध्यस्थकर्ताहरु कतारको दोहा पुगेका छन् । तर, प्यालेस्टिनी लडाकु समूह हमासले प्यालेस्टाइनबाट इजरायली सेनाको फिर्ती र पूर्ण युद्धविराम गर्ने आफ्नो अडानलाई दोहो¥याएको छ ।