अमेरिकाले इजरायललाई ८ अर्ब बराबरको शैन्य सामग्री बिक्री गर्ने
- काठमाडौंअमेरिकाले इजरायललाई ८ अर्ब डलर बराबरको शैन्य सामग्री बिक्री गर्ने तयारी गरेको छ ।
राष्ट्रपति जो बाइडेन प्रशासनले हतियार बिक्री सम्बन्धी निर्णय अमेरिकी संसदलाई सूचीत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् । गाजा क्षेत्रमा युद्ध जारी राखेको इजरायललाई सहयोग कायम राख्न अमेरिकाले हतियार बेच्न लागेको हो ।
लडाकू विमान तथा हेलिकोप्टरका लागि आवश्यक गोलीबारी, तोपबाट प्रहार गर्ने गोला बिक्री गर्ने प्रस्ताव अमेरिकाको दुवै सदनबाट स्वीकृत हुनुपर्नेछ ।
इजरायललाई आफ्ना नागरिकको रक्षा गर्ने अधिकारी रहेकोबारे अमेरिका राष्ट्रपति बाइडेन प्रष्ट रहेकाले प्रक्रिया अघि बढेको अमेरिकी अधिकारीहरुले बताएका छन् । अन्तर्राष्ट्रिय कानून तथा अन्तर्राष्ट्रिय मानवीय कानून अनुसार इजरायलको प्रतिरक्षा प्रणाली सुधारका लागि अमेरिकाले हतियार बिक्री गर्ने जनाएको छ ।