अन्तर्राष्ट्रिय

डिङ्गे काउन्टी भूकम्पपछि ४५ हजार बढी नागरिकलाई अस्थायी आवासमा सारियो

- एजेन्सीकाठमाडौं

चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गे काउन्टी केन्द्रबिन्दु बनाएर गएको भूकम्पपछि ४५ हजार बढी स्थानीयलाई अस्थायी आवासमा सारिएको छ । 

झण्डै ६० हजार जनसङ्ख्या रहेको ग्रामीण सो भेगमा रहेका उनीहरुलाई अस्थायी आवासमा सारिएको चिनियाँ समाचार संस्था सिन्ह्वालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । 

भूकम्पबाट डिङ्गे काउन्टी क्षेत्रमा मात्र ३ हजार ६ सय घरहरु क्षतिग्रस्त भएको बताइएको छ । पछिल्लो विवरण अनुसार भूकम्पबाट १ सय २६ जनाको मृत्यु भएको छ भने १ सय ८८ जना घाइते भएका छन् । 

७ हजार जनसंख्या रहेको डिङ्गे काउन्टीका २७ वटा गाउँमा उद्दारकर्ताहरु खटिएका छन् । उद्दारमा संलग्न अधिकारीहरुले अझैपनि धेरै मानिसहरु हराइरहेको हुन सक्ने अनुमान गरेका छन् ।