लस एन्जल्सको डढेलो नियन्त्रण उन्मुख
- काठमाडौंअमेरिकाको लस एन्जल्समा गत मंगलबारदेखि लागेको डढेलो नियन्त्रण उन्मुख छ । आँधीको वेग कम हुँदै गएसँगै डढेलो नियन्त्रणका क्रममा रहेको अग्नी नियन्त्रकलाई उद्दृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।
डढेलोका कारण हालसम्म ११ जनाले ज्यान गुमाएका छन् । तर, सो संख्या अझै वृद्धि हुने अनुमान गरिएको छ । १० हजार बढी भौतिक संरचना पुर्णरुपमा ध्वस्त भएका छन् । १ सय ३७ वर्ग किलोमिटर बढी क्षेत्रफलमा फैलिएको डढेलोका कारण लाखौं जनता घरबारविहीन भएका छन् ।
आगो लागेका स्थानमा स्वास्थ्य आपतकालको घोषणा गरिएको छ । आगलागी प्रभावितबाट अबौं डलरको बीमा दावी परेको छ । यसैबीच, अमेरिकाका राष्ट्रपति जो बाइडेनलले डढेलो प्रभावितलाई राहत दिने प्रतिवद्धता जनाउनुभएको छ ।