सन् २०२४ मा पृथ्वीको तापक्रम अहिलेसम्मकै उच्च
- काठमाडौंसन् २०२४ सबैभन्दा तातो वर्षको रुपमा रेकर्ड कायम भएको एक अध्ययनले देखाएको छ । युरोपेली संघको कोपर्निकस क्लाइमेट चेञ्ज सर्भिसले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले सन् २०२४ मा विश्वव्यापी तापक्रमको नयाँ रेकर्ड कायम भएको देखाएको हो । जसमा औसत तापक्रम पूर्व औद्योगिक स्तरको तुलनामा १ दशमलब ५ डिग्री सेल्सियस बढी भएको प्रतिवेदनमा उल्लेख छ । पछिल्लो पटक तापक्रम वृद्धि भएको पहिलो पटक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रतिवेदनले अष्ट्रेलिया, न्यूजिल्याण्ड लगायत क्षेत्र र अन्र्टाटिकाबाहेक सबै महादेशमा अत्यधिक तातो वर्ष रेकर्ड गरिएको हो । सन् २०२४ मा कतै अतिवृष्टि त कतै खडेरीका कारण हजारौँ मानिसले ज्यान गुमाए भने लाखौँ मानिस घरबारविहिन भएका थिए । अत्यधिक वर्षाका कारण आएको बाढीले पाकिस्तान र अफ्गानिस्तानमा सयौँ मानिसले ज्यान गुमाएका थिए । यस्तै, एक वर्ष लामो खडेरीले अमेजन नदीमा पानीको सतह उल्लेख्य मात्रामा घटेको प्रतिवेदनमा उल्लेख छ ।