अन्तर्राष्ट्रिय

निलम्बित राष्ट्रपति युनलाई पदबाट हटाउने विषयमा सुनुवाइ सुरु

- एजेन्सी

दक्षिण कोरियाको संवैधानिक अदालतले निलम्बित राष्ट्रपति युन सुक योललाई पदबाट हटाउने विषयमा सुनुवाइ सुरु भएको छ । तर निलम्बित राष्ट्रपति युन अदालतमा उपस्थित नभएपछि सुनुवाइ स्थगित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् । 

अदालतले आगामी सुनुवाई बिहीबारको लागि तोकेको छ । निलम्बित राष्ट्रपति युन सो सुनुवाइमा पनि उपस्थित नभए अदालती प्रक्रियाका साथ अघि बढ्ने बताइएको छ । संवैधानिक अदालतले १ सय ८० दिनभित्र युनलाई पदबाट हटाउने वा उहाँको राष्ट्रपति पद पुनःस्थापना गर्ने भन्ने निर्णय गर्नुपर्नेछ ।