अन्तर्राष्ट्रिय

म्यानमारमा संकटकालको अवधि ६ महिना थप

- एजेन्सी

म्यानमारको जुन्ता सैन्य सरकारले राज्यमा लगाएको संकटकालको अवधि थप ६ महिनाको लागि लम्ब्याएको छ । त्यहाँ सेनाले कू गरेर सत्ता हत्याएको चार वर्षपुग्नु अघिल्लो दिन संकटकालको समयावधि बढाइएको राज्य समर्थित मिडियालाई उद्यृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीको निर्वाचित नागरिक सरकारलाई सेनाले जर्बजस्ती हटाएपछि म्यानमार द्धन्द्धमा फसेको छ । त्यहाँ प्रायः सेना र विद्रोही समूहबीच हिंसात्मक टकराव हुने गरेको छ । यस वर्ष सेनाले त्यहाँ आम निर्वाचन गराउने योजना बनाएपनि अझै मिति तय भएको छैन ।