युएसएडविरुद्ध एलन मस्क आक्रामक, आपराधिक संस्था भएको टिप्पणी
- काठमाडौंविश्वका सबैभन्दा धनी एवम् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वास पात्र एलन मस्कले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग यूएसएडविरुद्ध लगातार रुपमा अभिव्यक्ति दिएका छन् ।
मस्कले आफ्नै स्वामित्वको सामाजिक सञ्जाल एक्समा विभिन्न पोस्ट गर्दै यूएसएडको चर्को विरोध गरेका हुन् । मस्कले यूएसएडलाई उग्र वापमन्थी माक्र्सवादीहरूको संस्था भन्दै त्यसबाट फाइदा लिएका व्यक्तिले उल्टै अमेरिकालाई घृणा गर्ने गरेको टिप्पणी समेत गरेका छन् । उनले युएसएडलाई अपराधिक संस्थाको संज्ञा दिएका छन् ।
युएसएडबाट दिइने अनुदान ९० दिनका लागि स्थगन भएसँगै विदेश विभागको मातहत ल्याउन सकिने चर्चाका बीच ट्रम्पका विश्वास पात्र मस्कको अभिव्यक्तिले सो संस्थाको भविष्य लामो हुन नसक्ने अड्कलबाजी गरिएको छ ।