अन्तर्राष्ट्रिय

मोदीलाई ट्रम्पको निम्तो

- एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिका भ्रमणका लागि निम्तो दिनुभएको छ । 

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्पले अर्को साता मोदीलाई भ्रमणमा आउनका लागि निम्तो दिनुभएको थियो । अघिल्लो साता ट्रम्प र मोदीबीच टेलिफोन सम्वाद्ध भएको थियो । सो क्रममा उहाँहरुबीच अमेरिकामा रहेका अवैध भारतीय आप्रवासी र भारतले अमेरिकाबाट सुरक्षा सामाग्री खरिद गर्ने बिषयमा छलफल भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । 

सो संवादपछि मोदीले १८ हजार अवैध भारतीय आप्रवासीलाई फिर्ता ल्याउन तयार भएको सन्देश दिनुभएको बताइन्छ । यसैबीच, अमेरिकाको सैन्य जहाजमा २ सय भन्दा बढी अवैध आप्रवासी भारतीय नागरिकलाई लिएर भारत फिर्ता पठाइएको छ ।