ट्रम्प नीतिको विश्वव्यापी आलोचना
-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनको गाजापट्टी कब्जा गर्ने योजना सुनाएपछि प्यालेस्टाइन, इजिप्ट, बेलायत लगायत अन्य मुलुकले त्यसको भत्र्सना गरेको छ । गाजापट्टीलाई अमेरिकाले दीर्घकालीन रुपमा स्वामित्व लिने र यसलाई मध्य पूर्वको समुद्री तटमा बदलेको हेर्न चाहेको राष्ट्रपति ट्रम्प बताउनुभएको थियो ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेटवार्तापछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्पले सो क्षेत्र लिनेबारे धारणा राख्नुभएको थियो । ट्रम्पको सो योजनाको अन्य मुलुकहरुले प्रतिक्रिया दिँदै भत्र्सना गरेको बीबीसीले जनाएको छ । प्यालेस्टाइनको विद्रोही समूह हमासले ट्रम्पको सो योजना अर्थहिन भएको प्रतिक्रिया दिँदै प्यालेस्टीनी अन्त कतै पुनस्र्थापित नहुने बताएको छ ।
यस्तै, बेलायतले प्यालेस्टीनी आफ्नो मातृभूमिमा बस्न र समृद्ध रुपमा जीउनुपर्ने बताएको छ भने इजिप्टले सो क्षेत्रको विकास त्यहाँ नागरिक नहटाई गर्नुपर्ने प्रतिक्रिया दिएको छ ।