अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसीसीमाथि प्रतिबन्ध

- एजेन्सीकाठमाडौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसीसीविरुद्ध प्रतिबन्ध लगाएका छन् । 

ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै अन्तर्राष्ट्रिय फौजदारी अदालतविरुद्ध प्रतिबन्ध लगाएका हुन् ।

उनले अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि अमेरिका र इजरायलविरुद्ध अनुचित तथा आधारहीन कारबाही गरेको आरोप लगाएका छन् ।

 इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको वाशिंगटन भ्रमणको क्रममा ट्रम्पले यो आदेशमा हस्ताक्षर गरेका हुन् । 

अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध पक्राउ वारेन्ट जारी गरेको थियो । 

आईसीसीले नेतन्याहुलाई गाजामा युद्ध अपराधको आरोप लगाएको थियो । उक्त आरोप इजरायलले अस्वीकार गर्दै आएको छ ।