अन्तर्राष्ट्रिय

अमेरिकाले आयात हुने स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाउने

- एजेन्सीकाठमाडौं

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयात हुने सबै स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको छ । क्यानडा अमेरिकामा आयात हुने आल्मुनियम धातुको सबैभन्दा ठूलो आपूर्तिकर्ता रहेकाले ट्रम्पको पछिल्लो कदमले क्यानडालाई ठूलो प्रभाव पार्ने विश्लेषणहरु हुन थालेका छन् ।

क्यानाडा र मेक्सिको अमेरिकाका दुई ठूला स्टिल व्यापार साझेदारहरू हुन् । यसअघिको कार्यकालमा ट्रम्पले क्यानडा, मेक्सिको र युरोपेली संघबाट आयात हुने स्टिलमा २५ प्रतिशत र आल्मुनियममा १० प्रतिशत कर लगाउनुभएको थियो । तर, एक वर्षपछि अमेरिकाले क्यानाडा र मेक्सिकोसँग त्यस्तो कर अन्त्य गर्न सम्झौता गरेको थियो ।

ट्रम्पको पछिल्लो कदमले विभिन्न राष्ट्रहरूसँग तनाव थप बढाउने देखिएको छ । राष्ट्रपति ट्रम्पले अमेरिकाबाट आयात हुने सामानमा कर लगाउने सबै देशमाथि जवाफी कर लगाउने बताउनुभएको छ ।