भारतका प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भेटवार्ता
- काठमाडौंभेटवार्ताका क्रममा दुई मुलुकबीच सन् २०३० सम्म व्यापार दोब्बरले बढाउने लगायतका विषयमा सहमती भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
दुई दिने भ्रमणका लागि प्रधानमन्त्री मोदी अमेरिका जानुभएको हो । प्रधानमन्त्रीको तेस्रो पटक कार्यभार सम्हालेपछिको मोदीको पहिलो अमेरिका भ्रमण हो । यस्तै, भारतमा इन्धन ग्यांस तथा सैनिक सामान आयात बृद्धि गर्ने सहमती समेत भएको छ ।
त्यस्तै, भारतमा प्रमुख आयातकर्ता मुलुकको रुपमा अमेरिकालाई बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ ।
यस्तै, प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पलाई भव्य रुपमा जित हासिल गरेको भन्दै बधाई समेत दिनुभएको छ ।
हाल दोस्रो कार्यकालमा रहेका राष्ट्रपति ट्रम्पलाई प्रधानमन्त्री मोदीले पहिलो कार्यकालमा जस्तै भारत अमेरिकाबीच रणनीतिक साझेदारि बृद्धिका सहकार्य हुने बताउनुभएको जनाइएको छ ।