अन्तर्राष्ट्रिय

हमास र इजरायलबीच दोस्रो चरणको युद्धविराम वार्ता गर्ने तयारी

- एजेन्सीकाठमाडौं

प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलसँग युद्धविराम सम्झौताको दोस्रो चरणअन्तर्गत वार्ता अगाडी आफ्नो माग अघि सारेको छ । हमासका नेता ताहर अल–नुनुले इजरायलसँग वार्ता तत्काल सुरु गर्न माग समेत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इजरायललाई सम्झौताको शर्तहरु पालना गर्न दबाब दिनुपर्ने हमासका नेताहरुको भनाई छ । त्यस्तै, हमासले आउँदो शनिबार थप तीन बन्दकहरुको सूची सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

इजरायलले दोस्रो चरणको वार्ता गर्न ढिलाइ गरेको आरोप लगाउँदै हमासका नेताले वार्ताका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका छन् ।