अफगानिस्तानको विषयमा अमेरिका र चीनबीच विवाद
- काठमाडौंअफगानिस्तानको विषयलाई लिएर अमेरिका र चीनबीच संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा मतभेद भएको छ । राष्ट्रसंघको निर्णयबारे अमेरिका र चीनबीच मतभेद बढेको हो ।
सो मतभेदले राष्ट्रसंघ भित्र तनाव बढाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०२४ को अन्त्यमा सुरु भएको असहमति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आएपछि झन् खराब मोडमा पुगेको हो । यसले गर्दा तालिबान नेतृत्वको अफगान सरकारसँग राष्ट्रसंघको सम्बन्ध र सुरक्षा परिषद्मा चीनको बढ्दो प्रभावलाई असर पर्न सक्ने बताइन्छ ।
पछिल्लो विवादले विश्वव्यापी सुरक्षाको विषयमा अमेरिका–चीनबीच थप तनाव हुने आशंका बढेको छ । विवादको मुख्य विषय अफगानिस्तानको बारेमा सुरक्षा परिषद्को प्रस्ताव तयार पार्न कुन देशले नेतृत्व लिने भन्नेमा हो ।