रेलसँग ठोक्किएर श्रीलङ्कामा ६ हात्ती मरे
- काठमाडौंगुडीरहेको यात्रुबाहक रेलसँग ठोक्किँदा श्रीलङ्कामाा ६ वटा हात्ती मरेका छन् । रेलसँग ठोक्किएका अन्य २ वटा हात्ती घाइते भएका छन् ।
घाइते हात्तीको उपचार भइरहेको छ । श्रीलङ्कामा रेलसँग हात्ती बेलाबखतमा ठोक्किने गरेपनि पछिल्लो दुर्घटना अहिलेसम्मकै डर लाग्दो दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।
दुर्घटनामा मानवीय क्षति भने भएको छैन । श्रीलङ्कामा हरेक वर्ष रेल दुर्घटनामा २० वटा हात्ती मर्ने गरेको तथ्यांक छ। वन फँडानीका कारण हात्तीहरू मानव वस्तीरहेका क्षेत्रमा पस्न थालेपछि उनीहरु रेलमार्गमा दुर्घटनामा पर्न थालेका छन् ।
श्रीलङ्कामा रेल दुर्घटना बाहेक करेन्ट, विषाक्त खाना र चोरी सिकारीका कारण पनि हात्ती असुरक्षित रहेको बताइएको छ । श्रीलङ्कामा ७ हजार जंगली हात्ती रहेको अनुमान छ ।