अन्तर्राष्ट्रिय

अमेरिकी सरकार युरोपको भाग्यप्रति उदासीन रहेको मर्जको टिप्पणी

- एजेन्सी

जर्मनीको आगामी नेतृत्वका लागि चुनाव जितेको क्रिश्चियन डेमोक्रेटिक्स युनियन (सीडीयू)का शीर्ष नेता फ्रेडरिक मर्जले अमेरिकी सरकार युरोपको भाग्यप्रति उदासीन रहेको टिप्पणी गर्नुभएको छ । जर्मनी चान्सलर बन्न लागेका नेता मर्जले आफूले युरोपलाई बलियो बनाउन चाहेको समेत बताउनुभएको छ । 

आम निर्वाचनको नतिजा सार्वजनिक भएलगत्तै पहिलो दलका नेताले अमेरिकाबारे दिएको अभिव्यक्तिलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सो पार्टीले सबैभन्दा बढी २ सय ८ सिट जितेको छ भने जर्मनीको कम्युनिष्ट पार्टी एएफडीले १ सय ५२ सिट जितेको छ । निवर्तमान चान्सलर ओलाफ स्कोल्जको सोसल डेमोक्रेटले अहिलेसम्मकै खराब नतिजा सामना गर्ने क्रममा १ सय २० सिट जितेको छ । जर्मनीमा अब गठबन्धन सरकार बनाउनुपर्नेछ ।