अन्तर्राष्ट्रिय

अमेरिकामा ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ भिसा सुरु

- एजेन्सीकाठमाडौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ भिसा कार्यक्रम सुरु गर्नुभएको छ ।

पद सम्हालेदेखि गर्दै आएका फरक खाले निर्णयका कारण विश्वभर चर्चामा रहेका ट्रम्पले नयाँ भिसा कार्यक्रम सुरु गर्नुभएको हो । ट्रम्पले सुरु गर्ने भनिएको नयाँ कार्यक्रम अन्तर्गतको कार्ड खरिदका लागि ५० लाख अमेरिकी डलर अर्थात् ७० करोड नेपाली रुपैयाँ तिर्नुपर्ने छ ।

विश्वभरका धनी विदेशी नागरिकलाई अमेरिकाले गोल्ड कार्ड बिक्री गर्ने योजना बनाइएको छ । भिसा पाएपछि उनीहरुले नागरिकता पाउने बाटो खुल्नुका साथै, त्यहाँ बस्न र काम गर्ने अनुमतिसमेत पाउनेछन् ।

गोल्ड कार्ड बिक्री आगामी दुई हप्ताभित्र सुरु हुने ट्रम्प प्रशासनले जनाएको छ । लाखौं गोल्ड कार्ड बिक्री हुन सक्ने अनुमान गरिएको छ । सो कार्ड रुसी अर्बपतिहरुलाई पनि बिक्री गर्ने ट्रम्पको भनाइ छ ।