अमेरिका र युक्रेनबीच खनिज उत्खनन् सम्वन्धि सम्झौता हुने
- काठमाडौंयुक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकासँग खनिज उत्खनन् सम्वन्धि सम्झौताका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भोलि भेटवार्त गर्ने हुनुभएको छ ।
अमेरिका र युक्रेनबीच खनिज उत्खनन्का लागि सहमति भएको केही घण्टापछि राष्ट्रपति जेलेन्स्की अमेरिका भ्रमणमा जाँदै हुनुहुन्छ । जेलेन्स्कीले द्विपक्षीय सम्झौता प्रारम्भिक भएको र रुसी आक्रमणको प्रतिवादका सुरक्षाको क्षेत्रमा समेत थप सम्झौता गर्न लागिएको प्रष्टीकरण दिनुभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
राष्ट्रसंघमा अमेरिकाले युक्रेनको विपक्षमा मतदान गरेपनि राष्ट्रपति जेलेन्स्की खनिज पदार्थसम्वन्धि सम्झौताका लागि तयार हुनुभएको हो । युक्रेनमा विश्वमा पाइने ५ प्रतिशत कच्चा खनिज रहेको अनुमान छ । उता, अमेरिकाका राष्ट्रपति ट्रम्पले भने युक्रेनको सुरक्षाका लागि आगामी दिनमा सहायता दिन नसक्ने र युक्रेनले युरोपेली मुलुकको साथ लिनुपर्ने धारणा राख्दै आउनुभएको छ ।