अमेरिकाले चिनमाथि थप १० प्रतिशत कर लगाउने
- काठमाडौंअमेरिकाले चिनमाथि थप १० प्रतिशत कर लगाउने भएको छ ।
क्यानाडा र मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने बताएको भोलिपल्टै अमेरिकाले चिनमाथी पनि थप १० प्रतिशत कर लगाउने नयाँ रणनीति लिएको हो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनमाथि पनि थप १० प्रतिशत कर लगाउने बताउनु भएको बीबीसीले जनाएको छ ।
चिनबाट आयात हुने सामानमा यसअघि नै अमेरिकाले १० प्रतिशत कर लगाउदै आएको छ ।
त्यसमा थप १० प्रतिशत नयाँ कर लगाईने भएको हो ।
अमेरिकाको पछिल्लो योजनाका विषयमा चीनले भने कुनै प्रतिक्रिया दिएको छैन ।
चीन, मेक्सिको र क्यानडा अमेरिकाका सबै भन्दा ठूला व्यापार साझेदार हुन् ।
यी तीन मुलुकले अमेरिकाको आयातमा ४० प्रतिशत भन्दा बढी हिस्सा ओगटेका छन् ।
तीन देशका सामानहरूमा कर लगाउँदा अमेरिकामा आईफोनदेखि एभोकाडोसम्मको मूल्य बढ्न सक्ने भन्दै अर्थशास्त्रीहरूले चिन्ता व्यक्त गरेका छन् ।