अरब नेताद्वारा गाजापट्टी पुनर्निर्माण गर्ने अमेरिकी योजना अस्वीकार
- काठमाडौंट्रम्प प्रशासनले अरब नेताहरूले प्रस्ताव गरेको ५३ अर्ब डलरको गाजापट्टीको पुनर्निर्माण योजना अस्वीकार गरेको छ ।
योजनाले प्यालेस्टाइनका बासिन्दाहरूलाई विस्थापित नगरी सो क्षेत्रको पुनर्निर्माण गर्ने प्रयास गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यद्यपी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको भविष्य फरक देखेको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता ब्रायन ह्युजले बताउनुभएको छ । ट्रम्पले प्यालेस्टीनीलाई देश निकाला गरेपछि सो क्षेत्रलाई अमेरिकी स्वामित्वमा परिणत गर्ने बताउनुभएको प्रवक्ता ह्युजको भनाइ छ ।
यस्तै, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पनि ट्रम्पले अघि सारेको गाजाको योजनामा समर्थन गर्दै प्यालेस्टिनी प्राधिकरण वा प्यालेस्टाइनको विद्रोही समूह हमासको शासनको विरोध गर्नुभएको छ ।