अन्तर्राष्ट्रिय

युक्रेनमाथि रुसको हमलाः कम्तिमा १८ जनाको मृत्यु

- एजेन्सीकाठमाडौं

रुसले युक्रेनमाथि गरेको हमलामा परि कम्तिमा १८ जना मारिएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले समुद्र र हवाई युद्धविरामको लागि रुससँग आग्रह गर्नुभएको छ ।

 राष्ट्रपति जेलेन्स्कीका अनुसार रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी हमला गरेको छ । सो हमलामा ४ जना बालबालिका समेत परेको युक्रेनी अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । रुसको हमला रोक्न युक्रेनले पहिलोपटक फ्रान्सेली जेट प्रयोग गरेको छ । अमेरिकाले युक्रेनलाई सैन्य सहयोग रोकिदिएपछि रुसले हमला गरेको हो । 

यसैबीच, राष्ट्रपति जेलेन्स्की रुससँगको युद्ध रोक्न आगामी साता हुने अमेरिका–युक्रेन वार्ताको लागि साउदी अरेबिया जाँदै हुनुहुन्छ । त्यसको लागि आफूलाई समर्थन गर्न राष्ट्रपति जेलेन्स्कीले युरोपेली नेताहरुलाई आह्वान समेत गर्नुभएको छ ।