अन्तर्राष्ट्रिय

युक्रेनमाथि रुसले गरेको पछिल्लो हवाई आक्रमणमा २० जनाको मृत्यु

- केएफएम डेस्क

रुसले युक्रेनमाथि हवाई आक्रमण गर्दा कम्तिमा २० जनाको मृत्यु भएको छ । रुसले युक्रेनको डोनेस्क र खार्किभ क्षेत्रमा गरेको सैन्य कारबाही सो हताहती भएको युक्रेनी अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । सो आक्रमणमा आठवटा आवास गृह तथा प्रशासनिक भवन समेत क्षतिग्रसत भएको बताइएको छ । 

यसअघि, रुसले युक्रेनको ऊर्जा क्षेत्रमा केन्द्रीत गर्दै गरेको हमलामा कम्तिमा १८ जना मारिएपछि त्यसको विरोध गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि कडा प्रतिबन्ध तथा कर लगाउने तयारी गरेको बताउनुभएको छ । युक्रेनमाथि रुसले निरन्तर प्रहार गरीरहेकाले प्रतिबन्धमा लचिलो नहुने सामाजिक सञ्जालमार्फत ट्रम्पले उल्लेख गर्नुभएको छ । 

राष्ट्रपति ट्रम्पले दोश्रो पटक पदभार ग्रहण गरेयता रुसी राष्ट्रपति भोलोदिमिर पुटिनको प्रशंसा गर्दै आएपनि रुसमाथिको प्रतिबन्ध खुकुलो नहुने स्पष्ट पार्नु भएको हो ।