इरानको आणविक कार्यक्रममाथि अमेरिकी प्रतिबन्ध हटाउनुपर्ने पक्षमा चीन र रुसको समर्थन
- काठमाडौंचीन, रुस र इरानका प्रतिनिधिहरूले इरानको आणविक कार्यक्रममाथि अमेरिकी प्रतिबन्धको अन्त्य र सो विषयमा बहुपक्षीय वार्ता पुनः सुरु गर्न आह्वान गरेका छन् ।
आज बिहान भेटेका तीन राष्ट्रका प्रतिनीधिहरुले अमेरिकाले सबै गैरकानूनी एकपक्षीय प्रतिबन्धहरू समाप्त गर्नुपर्ने आवश्यकतामा जोड दिएका हुन्।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेतालाई पत्र लेखेर वार्ता सुरु गर्ने प्रयास गर्नुभएको थियो । त्यसपछि सो मुद्दालाई सम्बोधन गर्न तीन मुलुकका प्रतिनीधिको बैठक सबैभन्दा पछिल्लो प्रयास भएको हो ।
अमेरिकाले पठाएको पत्रमा राष्ट्रपति ट्रम्पले इरानमाथि दबाब बढाउन इरानलाई वार्तामा आउन र नआए सैन्य कारबाहीको सम्भावनालाई औंल्याउँदै नयाँ प्रतिबन्ध लगाउने उल्लेख गरेको बताइन्छ ।