अफ्रिकी राजदूतलाई देश निकाला गर्ने अमेरिकाको घोषणा
- काठमाडौंअमेरिकाले वासिङटनका लागि दक्षिण अफ्रिकाका राजदूत इब्राहीम रसुलले अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घृणा गरेको आरोप लगाउँदै देश निकाला गर्ने घोषणा गरेको छ ।
राजदूत रसुललाई देश निकाला गर्ने अमेरिकी विदेशमन्त्री मार्को रुबियोले घोषणा गर्नुभएको हो । यता, दक्षिण अफ्रिकी राष्ट्रपतिको कार्यालयले आफ्नो देशका राजदूतलाई देश निकाला गर्ने अमेरिकी निर्णय ‘खेदजनक’ भएको प्रतिक्रया दिएको छ ।
वासिङटन र प्रिटोरियाबीचको बढ्दो तनावबीच पछिल्लो घटनाक्रमबीच अमेरिकाले राजदूतलाई देश निकालाको निर्णय गरेको हो । ट्रम्पले गत फेब्रुअरीमा दक्षिण अफ्रिकालाई दिइने अमेरिकी सहयोग रोक्का गर्नुभएको थियो ।