अन्तर्राष्ट्रिय

यमनको हुथी विद्रोहीमाथि अमेरिकाको आक्रमण, ३१ जनाको को मृत्यु

- एजेन्सीकाठमाडौं

अमेरिकाकाले यमनमा इरान–समर्थित हुथी विद्रोहीविरुद्ध ठूलो सैन्य हमला गरेको छ । 

राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथी विद्रोहीमाथि निर्णायक र शक्तिशाली हवाई आक्रमण सुरु गरिएको बताउनुभएको हो । लाल सागर क्षेत्रको बन्दरगाहमा हुथी विद्रोहीले आक्रमण गरेपछि त्यसको बदला स्वरुप अमेरिकाले ठूलो सैन्य हमला गरेको हो । 

अमेरिकाले हुथी विद्रोहीविरुद्ध गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ३१ पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आक्रमणमा परि १ सय १ जना घाइते भएका छन् । घाइते मध्ये धेरैजसो महिला र बालबालिका रहेको हुथी विद्रोहीद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

हुथी विद्रोहीको राजनीतिक ब्यूरोले अमेरिकाको सो आक्रमणलाई “युद्ध अपराधको संज्ञा दिएको छ । अमेरिकाका राष्ट्रपति ट्रम्पले हुथी विद्रोहीको मुख्य समर्थक इरानलाई तत्काल समर्थन रोक्न समेत चेतावनी दिएको बताइएको छ । हुथी विद्रोहीको समुद्री डकैती, हिंसा र आतङ्कबाट अर्बौं डलरको क्षति भएको र हजारौं मानिसको ज्यान खतरामा रहेको अमेरिकी राष्ट्रपछि ट्रम्पको भनाइ छ । 

एक अमेरिकी अधिकारीले यो आक्रमण हप्ता दिनसम्म जारी रहने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । डोनाल्ड ट्रम्पले गत जनवरीमा राष्ट्रपतिको पदभार ग्रहण गरेपछि अमेरिकाले मध्यपूर्वमा सबैभन्दा ठूलो अमेरिकी सैन्य कारबाही गरेको हो । अमेरिकाले तेहरानमाथि नाकाबन्दीको दबाब बढाउँदै आणविक कार्यक्रमलाई लिएर वार्ताको टेबुलमा ल्याउने प्रयास गरिरहेको बेला सो आक्रमण भएको हो ।