अन्तर्राष्ट्रिय

अमेरिकामा अदालतको आदेश विपरीत २ सय ३८ भेनेजुयाली नागरिक निकाला

- एजेन्सीकाठमाडौं

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले २ सय बढी भेनेजुयाली नागरिकलाई मुलुकबाट निष्कासन गर्दै एल साल्भाडोरको जेलमा पठाएको छ । अमेरिकाले भेनेजुएलाको आपराधिक गिरोहका २ सय ३८ सदस्यलाई डिर्पोटेशन योजनाअन्तर्गत फिर्ता पठाएको हो । 

उनीहरुलाई अमेरिकामा फर्काउने संघीय न्यायालयको निर्देशनविपरीत ट्रम्प प्रशासनले जेल पठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सो कदमबारे विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यालय ह्वाइट हाउसले अदालतको आदेशको अवज्ञा नगरेको तर न्यायाधीशको आदेशको अवज्ञा गर्ने अधिकार भने भएको जनाएको छ । अपहरण, बलात्कार, हत्या जस्ता घटनामा संलग्नलाई मुलुकबाट निर्वासन गरी एल साल्भाडोरको जेलमा पठाइएको हो । न्यायाधीशले राष्ट्रपति ट्रम्पलाई सो कानून प्रयोग गर्न रोक लगाएका थिए ।