हुथी विद्रोही लक्षित अमेरिकाको आक्रमणः पाँच बालबालिका सहित ५३ जनाको मृत्यु
- काठमाडौंयमनका हुथी विद्रोहीले अमेरिकाको हवाई आक्रमणमा पाँच बालबालिका सहित ५३ जनाको मृत्यु भएको बताएको छ । आक्रमणका क्रममा सो संख्यामा मृत्यु भएको हुथीद्धारा सञ्चालित स्वास्थ्य मन्त्रालयका प्रवक्त अनीस अल अस्बाहीले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको बीबीसीले जनाएको छ ।
आक्रमणमा ९८ जना घाइते भएका छन् । जौफ र हुदयदाह क्षेत्रमा गत शनिबारबाट अमेरिकाले निरन्तर प्रहार गरेको बताइएको छ । अमेरिकी केन्द्रीय कमान्डले रेड सीमा आक्रमण रोक्न हुथी लक्षित क्षेत्रमा शक्तिशाली हवाई आक्रमण सुरु गरिएको बताएको छ ।
वाशिंगटनले आक्रमणमा केही प्रमुख हुथी नेताहरु मारिएको दाबी गरेपनि सो समूहले भने पुष्टि गरेको छैन। अमेरिकी रक्षामन्त्री पिट हेगसेथले हुथी आक्रमण बन्द नभएसम्म कारबाही जारी राख्ने चेतावनी दिनुभएको छ ।