अन्तर्राष्ट्रिय

युएसएड बन्द गर्ने कदम नचाल्न ट्रम्प प्रशासनलाई अदालतको आदेश

- एजेन्सीकाठमाडौं

अमेरिकाको संघीय न्यायालयले ट्रम्प प्रशासनलाई अमेरिकी सहयोग नियोग युएसएड बन्द गर्ने कुनै पनि कदम नचाल्न आदेश दिएको छ ।

 संघीय न्यायाधीश थिओडोर चुआङले फैसला सुनाउँदै ट्रम्पका सहयोगी एलन मस्कको सरकारी दक्षता विभाग डजको नेतृत्वमा नियोग बन्द गर्ने प्रयासले अमेरिकी संविधानको व्यापाक उल्लंघन भएको बताउनुभएको छ ।

 फैसलापछि उहाँले डजलाई बिदामा राखिएका युएसएडका कर्मचारीसहितको भुक्तानी प्रणाली पुनःस्थापना गर्न आदेश दिनुभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । न्यायाधीश चुआङले युएसएडका कर्मचारीलाई निष्काशन गर्ने निर्णय पनि रोक्न निर्देशन दिनुभएको छ ।