अन्तर्राष्ट्रिय

अमेरिकासँग परमाणु कार्यक्रमबारे अप्रत्यक्ष वार्ता गर्न इरान तयार

- एजेन्सीकाठमाडौं

इरानले अमेरिकासँग अप्रत्यक्ष वार्ता गर्न तयार रहेको जनाएको छ । आफ्नो परमाणु कार्यक्रमलाई लिएर अमेरिकाले दबाब दिइरहेको बेला इरानले अमेरिकासँग अनौपचारिक वार्ता गर्न तयार रहेको बताएको हो । 

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग प्रत्यक्ष वार्ताको लागि अनुरोध गरेपनि इरानले त्यसलाई अस्वीकार गरेको वरिष्ठ इरानी अधिकारीलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपी, इरानले ओमान मार्फत अप्रत्यक्ष रूपमा वार्ता जारी राख्न चाहेको उल्लेख गरेको छ । 

यसैबीच, इरानले आफ्नो देशको मामिलामा अमेरिकी सैन्य वेस भएका छिमेकी देशहरूलाई प्रवेश नगर्न र त्यसो नगरिए आक्रमण गर्ने चेतावनी समेत दिएको छ ।