अन्तर्राष्ट्रिय

१३ देशमा सञ्चालित विश्व खाद्य कार्यक्रमकालागि अमेरिकाले सहयोग नगर्ने

- एजेन्सीकाठमाडौं

अमेरिकाले संयुक्त राष्ट्रसंघद्वारा विभिन्न १३ मुलुकमा सञ्चालित विश्व खाद्य कार्यक्रमका लागि दिने रकम स्थगन गर्ने निर्णय गरेको छ ।

अफगानिस्तान, सिरिया, यमनलगायतका देशमा प्रदान हुँदै आएको सहयोग रकममा अमेरिकाले तत्कालाका लागि स्थगन गरेको हो । गरिब मुलुकमा राष्ट्रसंघको नियोग विश्व खाद्य कार्यक्रमको आपतकालीन कार्यक्रमको कोष खारेज गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अर्बपति एलन मस्कको सरकारी दक्षता विभागका एक शीर्ष अधिकारी जेरेमी लेविनको निर्देशनमा अमेरिकी सरकारको सुविधाका लागि सो सहायता रकम रद्द गरिएको बताइएको छ । यता, ट्रम्प प्रशासनलाई आफ्नो सो कदम फिर्ता लिन विश्व खाद्य संगठनले अपिल समेत गरेको छ । सो कदमले भोकमरीको सामना गरिरहेका लाखौं मानिस प्रभावित हुन सक्ने भन्दै खाद्य कार्यक्रमले चिन्ता व्यक्त गरेको छ ।