दर्जनौं मुलुकलाई लगाएको कर बृद्धि आजदेखि लागू हुंदै
-अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले दर्जनौं मुलुकलाई लगाएको कर बृद्धि आजदेखि लागू हुंदैछ । यस अन्तर्गत चीनलाई सबैभन्दा धेरै १ सय ४ प्रतिशत कर लगाइएको छ । चीनले प्रतिशोध स्वरुप अमेरिकी सामानमा कर वृद्धि गरेसंगै अमेरिकाले चीनबाट आयात हुने सामानमा १ सय ४ प्रतिशत कर बृद्धि गरेको हो ।
ट्रम्प प्रशासनको सो कदमले व्यापार युद्ध सुरु भएको विश्लेषण समेत भएका छन् । अमेरिकाको सो कदमले त्यहांको स्टक मार्केट चौंथो दिन पनि लगातार गिरावट आएर ५ हजार भन्दा मुनी पुगेको छ । यस्तै, विश्वबजारले भने उपभोक्ता बजार चर्किंदै गएपछि ट्रम्पले केही सहमतीको पहल गर्ने आशा राखेका छन् ।
ट्रम्प प्रशासनले अन्य मुख्य व्यापारिक साझेदारहरु दक्षिण कोरिया र जापानसंग वार्ताको तयारी गरेको छ । यस्तै, व्यापार नीति केही खुकुलो बताउने सन्दर्भमा वार्ताका लागि इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले आगामी अमेरिका भ्रमण गर्दै हुनुहुन्छ ।