प्रविधिमार्फत विश्वकै पहिलो शिशुको जन्म
- काठमाडौंएआईमा आधारित आईभीएफ प्रविधिमार्फत विश्वकै पहिलो शिशुको जन्म भएको छ ।
पूर्ण रूपमा स्वचालित एआई र रोबटिक्स प्रणालीले सञ्चालन गरेको प्रक्रियाबाट एक शिशुको जन्म भएको हो ।
विशेषज्ञहरूले आफ्नो भौतिक संलग्नता बेगर नै एआईलाई डिजिटल माध्यमबाट निर्देशन दिएको भरमा आईभीएफ विधि सञ्चालन गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
एआईमा आधारित आईभीएफ प्रविधिमा महिलाको डिम्ब र पुरुषको शुक्रकीट लिएर प्रयोगशालामा निषेचन गर्ने प्रक्रियालाई पूर्ण स्वचालित बनाइएको थियो ।
अमेरिकी बायोटेक कम्पनी कन्सिभेबल लाइफ साइन्सेजका वैज्ञानिक तथा चिकित्सकहरूले पूर्ण स्वचालित आईभीएफ प्रविधि विकास गरेका हुन् ।