अन्तर्राष्ट्रिय

सन् २०४७ सम्म आणविक ऊर्जा उत्पादन १२ गुणा बढाउने भारतको तयारी

- केएफएम डेस्ककाठमाडौं

भारतले सन् २०४७ सम्म आणविक ऊर्जा उत्पादन १२ गुणा बढाउने गरि कानुन संशोधन गर्ने तयारी गरेको छ ।

आणविक ऊर्जा उत्पादनका लागि उपकरण आयात गर्दा दुर्घटना भएमा असीमित क्षतिपूर्ति तिर्नुपर्ने प्रावधानलाई केही खुकुलो बनाउने गरी कानून संशोधनको तयारी भएको भारतीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आणविक दायित्व नष्ट ऐन २०१० को प्रावधान केही खुकुलो बनाउन खोजिएको विश्लेषण भएको छ । सो क्रममा भातरले १ सय गिगावाट आणविक ऊर्जा उत्पादन गर्नका लागि अमेरिकी लगानी वृद्धि गर्ने उद्देश्य राखेको बताइएको छ । यस्तै, २०३० सम्म भारत र अमेरिकाबीच वार्षिक ५ सय अर्ब डलर बराबरको व्यापार गर्ने लक्ष्य गरिएको छ ।