अन्तर्राष्ट्रिय

कास्मीर घटनापछि भारत पाकिस्तान सम्बन्धमा थप दरार

- एजेन्सीकाठमाडौं

भारतको पर्यटकीय क्षेत्र कास्मीरमा २६ जनाको ज्यान जानेगरि भएको हमलापछि भारत र पाकिस्तानको सम्बन्ध थप बिग्रिएको छ । भारतले पाकिस्तानसंगको जल सम्झौता निलम्बन गर्नुका साथै दुई मुलुकबीच आउजाउ गर्ने एक मात्र सीमा समेत बन्द गर्ने भएको छ ।

आगामी मे १ तारिख देखि लागूहुने गरि सो सिमा बन्द गरिने र पाकिस्तानबाट भारतमा प्रवेश गरेकालाई मे १ तारिखसम्म देश छोड्न निर्देशन दिइसकेको छ । यस्तै, भारतले पाकिस्तानी प्रतिनिधिको विशेष कुटनीतिक भिषा समेत रद्द गरेको छ । भारतको सो निर्णयप्रति छलफल गर्न पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले आज बैठक बोलाउनुभएको छ ।

यस अघि पनि सुमधुर सम्बन्ध नभएका दुई देशको पछिल्लो तनावले थप संकट निम्तिने देखिएको छ । भारतले सन् २०१९ देखि पाकिस्तानी राजदुतावास खाली राखेको छ । यस्तै, भारत र पाकिस्तानबीच सिधा हवाई सम्पर्क समेत हटाइएको छ ।