अन्तर्राष्ट्रिय

एमसीसी बन्द गर्ने अमेरिकाको निर्णय

- एजेन्सीकाठमाडौं

अमेरिकाले अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द गर्ने निर्णय गरेको छ ।

 अमेरिकी अर्बपति एलन मस्क नेतृत्वको डिपार्टमेन्ट अफ गभर्मेन्ट एफीसीएन्सी (डीओजीई)को निर्णयअनुसार विकासशील देशको आर्थिकस्तर उन्नतिका लागि भनेर दिइँदै आएको यो अनुदान सहयोग बन्द हुने भएको हो । बन्द हुनेबारे मङ्गलबार नै एमसीसीका कर्मचारीहरूलाई इमेलमार्फत सूचित गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 कर्मचारीहरूलाई मे ५ तारिखदेखि प्रशासकीय बिदामा राखिने सम्भावना रहेको छ । ट्रम्प प्रशासनले खर्च कटौती गर्ने नीति अन्तर्गत पूर्व राष्ट्रपति जर्ज डब्लु बुसले सन् २००४ मा स्थापना गरेको एमसीसीलाई बन्द गर्ने निर्णय हो । एमसीसी परियोजना बन्द भएमा नेपालमा सञ्चालित परियोजना अन्तर्गतका काम पनि रोकिने छन् ।