अन्तर्राष्ट्रिय

युक्रेनसँगको युद्ध अन्त्यका लागि अमेरिकासँग सम्झौता गर्न रुस तयार

- एजेन्सीकाठमाडौं

रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभले युक्रेन युद्ध अन्त्य गर्न अमेरिकासँग सम्झौता गर्न तयार रहेको बताउनुभएको छ । यद्यपि केही विषयहरु सम्बोधन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । 

विदेशमन्त्री लाभ्रोभले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमा पनि युद्ध अन्त्य गर्नुपर्ने विश्वास रहेको जिकिर गर्दै युक्रेनसँगको द्वन्द्व समाधान गर्न सही दिशामा अघि बढिरहेको बताउनुभयो । 

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टीभ विटकोफले राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गर्ने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।