इरानमा अब्बास बन्दरगाहमा रसायनिक पद्धार्थ विस्फोट, १८ जनाको मृत्यु
- काठमाडौंइरानको सबैभन्दा ठूलो बन्दरगाह अब्बास बन्दरगाहमा रसायनिक पद्धार्थ विस्फोट हुँदा कम्तीमा १८ जनाको ज्यान गएको छ ।
सो घटनामा परि ७ सयभन्दा बढी मानिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इरानले ओमानमा अमेरिकासँग आणविक वार्ताको तेस्रो चरण सुरु गर्दा बन्दरगाहको एक खण्डमा विस्फोट भएको हो । यद्यपि, यी दुई घटनाबीच कुनै सम्बन्ध रहेको संकेत नदेखिएको जानकारहरुले बताएका छन् ।
इरानको संकट व्यवस्थापन संगठनले भने कन्टेनरमा रसायनको खराब भण्डारण हुँदा विस्फोट भएको जनाएको छ ।