कास्मिर घटनामा पाकिस्तानको संलग्नता रहेको भारतको आरोप
- काठमाडौं
कास्मिर क्षेत्रमा बन्दुकधारी समुहको आक्रमणमा परी २६ जनाको ज्यान गएको घटनामा पाकिस्तानीको संलग्नता रहेको ठहर गरेको छ ।
घटनाका योजनाकारको खोजी भइरहेको जनाउँदै भारतले केही दिनमै नियन्त्रणमा लिइने दाबी गरेको हो । गत २२ तारिखमा भएको सो आक्रमणमा संलग्न भएको आरोपमा नियन्त्रणमा लिइएका ३ जना मध्ये २ जना पाकिस्तानका नागरिक भएको भारतको दाबी छ ।
यद्यपि पाकिस्तानले भने भारतले लगाएको आरोपमा निष्पक्षता नभएको प्रतिक्रिया दिएको छ । सो घटनालले भारतमा पाकिस्तानविरोधी आवाज उठेका छन् । पाकिस्तानले आतंकवादलाई लगानी तथा संरक्षण गरेको भारतको आरोप छ । यसैबीच, भारतले पाकिस्तानसँगको जलसम्झौता निलम्बन गरेसंगै पाकिस्तानमा पानीको हाहाकार हुने देखिन्छ ।