अन्तर्राष्ट्रिय

कस्मिर घटनापछि भारतद्वारा पाकिस्तानका १६ युट्युब च्यानलमाथि प्रतिबन्ध

- एजेन्सी काठमाडौं

कस्मिरमा भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानका १६ वटा युट्युब च्यानलमाथि प्रतिबन्ध लगाएको छ ।

डावन न्युज, शमा टिभी, जियो न्यूज लगायतका प्रमुख पाकिस्तानी च्यानल माथि भारतीय सरकारले प्रतिबन्ध लगाएको हो । पहलगाममा भएको आक्रमणको घटनापछि ती युट्युब च्यानलले सेना र सुरक्षा एजेन्सीहरु विरुद्ध साम्प्रदायिक रुपमा संवेदनशील सामग्री र भ्रामक तथा गलत सूचना फैलाएको भन्दै भारतीय सरकारले प्रतिबन्ध लगाएको हो ।

साथै, भारतीय सरकारले बीबीसी हिन्दी र रोयर्टस तथा एपीलाई समेत प्रशारित समाचार सामग्रीका लागि चेतावनी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गत मंगलबार कस्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणमा २६ जनाको मृत्यु भएको थियो ।