अन्तर्राष्ट्रिय

भारत र पाकिस्तानलाई तनाव कम गर्न अमेरिकाको आग्रह

- एजेन्सीकाठमाडौं

अमेरिकाले भारत र पाकिस्तानलाई तनाव कम गर्न आग्रह गरेको छ । गत हप्ता भारत प्रशासित कस्मिरमा भएको आतंकवादी आक्रमणमा २६ जनाको मृत्यु भएपछि भारत र पाकिस्तानबीच सम्बन्ध तनावपूर्ण बनेको अवस्थामा अमेरिकाले सो आग्रह गरेको हो ।

 अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतका विदेशमन्त्री र पाकिस्तानका प्रधानमन्त्रीसँग अलग–अलग वार्ता गरेर उहाँहरुलाई दक्षिण एसियामा शान्ति र सुरक्षा कायम राख्न आग्रह गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

 भारतले अप्रिल २२ मा पहलगाममा भएको आतंकवादी आक्रमणको दोष पाकिस्तानलाई लगाएको छ भने इस्लामाबादले सो आरोपलाई अस्वीकार गरेको छ । यसैबीच, एक अर्कालाई निषेध गर्ने क्रममा भारतले सबै पाकिस्तानी विमानका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने घोषणा गरेको छ ।