अन्तर्राष्ट्रिय

इरानसँग तेल खरिद गर्नेलाई आर्थिक प्रतिबन्ध लगाउने डोनाल्ड ट्रम्पको चेतावनी

- केएफएम डेस्ककाठमाडौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तेल खरिद गर्ने कुनै पनि व्यक्ति वा देशलाई आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिनुभएको छ ।

इरान र अमेरिकाबीच भोलिको लागि तय भएको चौथो चरणको आणविक कार्यक्रम सम्बन्धी वार्ता स्थगित भएपछि ट्रम्पको सो अभिव्यक्ति आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि, प्राविधिक कारण देखाउँदै तेहरान, वासिङ्टन र मध्यस्थकर्ता ओमानले रोममा हुने भनिएको बैठक तत्कालका लागि स्थगित भएको बताएका थिए । सबै पक्ष सहमत भएपछि वार्ताका लागि नयाँ मिति घोषणा गरिने मध्यस्थकर्ता ओमानले जनाएको छ ।