इजरायलद्वारा गाजा क्षेत्रमा नाकाबन्दी, खाद्यान्नको चरम अभाव
- काठमाडौंइजरायलले गाजा क्षेत्रमा नाकाबन्दी गरेसंगै सो क्षेत्रमा खाद्यन्नको चरम अभाव भएको छ ।
इजरायल र हमासबीचको युद्धका कारण विस्थापित भएका हजारौं परिवारलाई खाद्यान्न अभाव हुँदै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । २ महिनादेखि इजरायलले गाजामा नाकाबन्दी गर्दा खाद्य पदार्थ तथा इन्धन आपूर्ती ठप्प भएको छ ।
यसैविच, खाद्यान्न आपुर्ती नै हुन नपाउने गरि लगाइएको नाकाबन्दीको अन्तर्राष्ट्रिय समुदायले भत्र्सना गरेका छन् । संयुक्त राष्ट्रसंघ तथा विभिन्न सहायता समूहले नाकाबन्दीका कारण भोकमरि बढाएको तथा युद्ध अपराधको संभाव्यता बढाएको बन्दै चेतावनी जारी गरेका छन् । सन् २०२३ देखि गाजामा जारी युद्धका कारण ५२ हजार बढीको मृत्यु भएको जनाइएको छ ।