पहलगाम घटनाबारे भारत र चीनबीच छलफल
- काठमाडौंचिनियाँ विदेशमन्त्री वाङ यी र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलबीच टेलिफोनमा वार्ता भएको छ ।
चीनको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै दुई जनाबीच टेलिफोन वार्ता भएको जानकारी दिएको हो । सो अवसरमा डोभलले पहलगाममा भएको आतंकवादी हमलाले भारतीय सैनिकलाई गम्भीर क्षति पु¥याएको भन्दै कडा आतंकवाद विरोधी उपाय अपनाउन बाध्य भएको बताउनुभयो ।
युद्ध भारतको रोजाइ नभएको र यो कुनै पनि पक्षको हितमा नभएको उहाँको भनाइ छ । चिनियाँ विदेशमन्त्री वाङ यीले पहलगाम आक्रमणको निन्दा गर्दै चीनले सबै प्रकारका आतंकवादको विरोध गर्ने बताउनुभयो । विश्वको अवस्था धेरै कठिन रहेको र एसियामा शान्ति कायम राख्नु महत्वपूर्ण हुने वाङ यीको भनाइ छ ।