पाकिस्तान वार्ताका तयार
- काठमाडौंपाकिस्तानले शान्तिका लागि भारतसंग वार्ता गर्न तयार रहेको जनाएको छ ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले आफुहरु शान्तिको पक्षमा रहेको भन्दै वार्ताबाट नभाग्ने बताउनु भयो ।
पाकिस्तान र भारतबीच दशकौंदेखि तिक्ततापूर्ण सम्बन्ध रहदै आएको छ ।
गत अप्रिल २२ तारिखमा कस्मिरमा भएको आतंकवादी हमलामा २६ जनापर्यटकको ज्यान गएसंगै दुई मुलुकबीच सम्बन्धमा थप दरार आएको छ ।
वार्ताका माध्यमबाट दशकौं देखिको तिक्ततालाई अन्त्य गर्ने पाकिस्तानको प्रस्तावका विषयमा भारतले कुनै प्रतिक्रिया दिएको छैन ।