ट्रम्प प्रशासन र हार्वडबीच विवाद उत्पन्न
- काठमाडौंट्रम्प प्रशासन र अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालय हार्वडबीच विवाद उत्पन्न भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय विद्यार्थीको भर्ना प्रक्रिया रोक्ने निर्णय गरेसँगै सरकार र विश्वविद्यालयबीच द्वन्द बढेको हो ।
राष्ट्रपति ट्रम्पले अन्तराष्ट्रिय विद्यार्थीहरू भर्ना गर्ने क्षमताको अन्त्य गर्नका लागि भर्ना प्रक्रिया रोक्नु परेको दाबी गर्नु भएको छ । राष्ट्रपतिको पछिल्लो निर्णयसँगै ट्रम्प प्रशासन र हार्वड विश्वविद्यालयबीच तनाब बढेको बीबीसीले जनाएको छ ।
अमेरिकाको आन्तरिक सुरक्षा मन्त्री क्रिस्टी नोएमले प्रशासनले कानुनको पालना गर्न असफल भएकोले हार्वर्डको ’विद्यार्थी र आदानप्रदान आगन्तुक कार्यक्रम प्रमाणीकरण खारेज गरेको बताउनुभयो ।
हार्वर्डले भने एक विज्ञप्ति जारी गर्दै ट्रम्प प्रशासनको पछिल्लो कदमलाई गैरकानूनी भनेको छ । ट्रम्प प्रशासनको यस निर्णयले विश्वविद्यालयमा अध्ययनरत हजारौं अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई असर गर्न सक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन ।
सरकारी कदमपछि हार्वडमा अध्ययनरत विदेशी विद्यार्थीमा डर र निराशा फैलिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन ।
विश्वविद्यालयको तथ्यांक अनुसार, गत शैक्षिक वर्षमा ६ हजार ७ सयभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी हावर्डमा भर्ना भएका थिए ।